प्रिज्मार्क मार्केटिङले पूरा गर्‍यो २८ वर्ष

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

मार्केटिङ एजेन्सी प्रिज्मार्क मार्केटिङले स्थापनाको २८ वर्ष पूरा गरेको छ । कम्पनीले बहुराष्ट्रिय निगम, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरूसहित ग्राहकको एक विस्तृत शृंखलामाझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाका लागि प्रसिद्धि कमाउँदै २८ वर्ष पूरा गरेको हो । 

कम्पनीका कार्यकारी निर्देशक पंकज प्रधानले २८ वर्ष विविध ग्राहकलाई नवीन र प्रभावकारी मार्केटिङ समाधान प्रदान गर्दै पूरा भएको बताए । उनले भने, ‘यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान् ग्राहकको अटुट समर्थनलाई जान्छ ।’

आफ्नो बृहत् कार्यकालभरि, प्रिज्मार्क मार्केटिङले उद्योगका गतिशील आवश्यकता पूरा गर्न मार्केटिङ रणनीतिको विकासशील परिदृश्यमा निरन्तर रूपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोण अँगाल्दै आएको उनको भनाइ छ ।

यो उपलब्धिले प्रिज्मार्क मार्केटिङको उत्कृष्टता, निरन्तर वृद्धि र एकीकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको उनले बताए । 

सुझावित समाचार