- बाल, जवान र वृद्ध सबैलाई संगीतको धुन मन पर्छ । बाल अवस्थामा बालसंगीत, जवानलाई मायाप्रीतिका र बूढाबूढीलाई भक्ति–भजन मन पर्ने गर्छ । हरेकले कुनै न कुनै रूपले यसबाट फाइदा लिइरहेका हुन्छन् । संगीतले हाम्रो स्वास्थ्यमा गहिरो सम्बन्ध स्थापित गरेको हुन्छ । आफ्नो इच्छाअनुसारको संगीत सुनेर धेरै रोगको उपचार गर्न सकिन्छ । अझ उसको जीवनमा पर्ने प्रतिकूल असरलाई पनि कम गर्न सकिन्छ । संगीत चिकित्सा शारीरिकभन्दा पनि मानसिक बिरामीका लागि बढी लाभदायक हुन्छ । संगीतमा मनको हरेक भागलाई स्पन्दित गर्ने आथाह शक्ति भएकाले मानसिक रोगीहरू उत्साही वा आनन्दित हुन्छन् ।
- संगीत चिकित्साको प्रयोगबाट टाउको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुन्छ । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थिलाई उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ । संगीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको संगीत सुनाएर दुवैखाले शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिन्छ ।
- संगीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् । हारमोनियम, गिटार, सारंगी, बा“सुरीजस्ता प्रायः वाद्यवादनमा यिनै स्वरका आधारमा संगीत सिर्जना गरिन्छ । गीतले त्यतिवेला पूर्णता प्राप्त गर्छ, जतिवेला त्यसले संगीतको सहारा पाउ“छ । संगीतको मिलन नभएसम्म गीत केवल कविता र श्लोकमा सीमित रहन्छ । संगीत विभिन्न समयमा मानिसले मुड स्वस्थ बनाइराख्न प्रयोग गरिरहेका हुन्छन् । विकसित राष्ट्रहरूमा संगीत चिकित्सालाई सम्मानित पेसाको रूपमा हेरिन्छ ।
- नेपालमा पनि संगीत चिकित्साको महत्व बुझेर जीवनमा उपयोग गर्न सके धेरै प्रकारका मानसिक समस्याबाट मुक्त हुन सकिन्छ ।
म्युजिक थेरापीले कम गर्छ तनाव
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
२ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
३ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
२ हप्ता अघि
सुझावित समाचार
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…