रावा बैंकका नवनियुक्त अध्यक्ष सुवेदीले लिए शपथ

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको बैठकले सुवेदीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपछि उनले राष्ट्र बैंकका गभर्नरसमक्ष शपथ लिएका हुन् । 

नवनियुक्त अध्यक्ष सुवेदी अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण रहेको जनाइएको छ । हाल उनी नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव पदमा कार्यरत छन् ।

शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम तिम्सिना ढुंगाना, राष्ट्र बैंकका उच्च पदाधिकारीहरू र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेललगायतको उपस्थिति थियो । 

सुझावित समाचार