रसुवा आइपुग्यो चिनियाँ सहयोग सामग्री

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

चीनले घोषणा गरेको १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री रसुवा आइपुगेको छ।

केरुङ नाकाबाट सोमबार राहत सामग्री रसुवा आइपुगेको चिनियाँ राजदूतावासले जनाएको छ। राहत सामग्रीमा दुई हजार तीन सय पाल, दुई हजार कम्बल, सात सय त्रिपाललगायत रहेका छन्।

थप चिनियाँ सहायता आउने क्रममा रहेको दूतावासले जनाएको छ। ‘हामीसँगै अफ्ठ्यारोलाई परास्त गर्नेछौँ र घरहरू पुनर्निर्माण गर्नेछौँ,’ चिनियाँ राजदूतावासले भनेको छ।

सुझावित समाचार