नेपाल रिमेडिजले दियो एक लाख ट्याब्लेट सिटामोल

सोमबार, २० कार्तिक, २०८०
डिजिटल संस्करण

भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल रिमेडिज लिमिटेडले पारासिटामोल सहयोग गरेको छ । कम्पनीले विपत्तिकालीन समयमा अत्यावश्यक औषधिको कमी हुन नदिन एक लाख ट्याब्लेट पारासिटामोल सहयोगको घोषणा गरेको हो । 

कम्पनीले घोषणा गरेको आइतबार नै जाजरकोट स्वास्थ्य सेवा कार्यालय पठाइएको उल्लेख गरेको छ । साथै, आवश्यक थप सहयोग गर्नसमेत कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ । 

सुझावित समाचार