भूकम्प प्रभावितलाई थ्रेड गार्मेन्टको तीन सय थान ज्याकेट र नगद सहयोग

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ललितपुरस्थित इमाडोलमा रहेको थ्रेड गार्मेन्टले पाँच लाखबराबरको तीन सय पिस ज्याकेट हस्तान्तरण गरेको छ। 

गार्मेन्टले सरकारको दैवी प्रकोप उद्धार कोषमा नगद एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गार्मेन्टले आज हेमराज गिरिलगायतको टिममार्फत जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक रविन धितालको हातमा पुग्ने गरी गार्मेन्टबाट सामान पठाएको छ।

कोभिड– १९ का वेला पनि गार्मेन्टले पिपिई बनाएर विभिन्न अस्पताललाई निःशुल्क रूपमा वितरण गरेको थियो।

गार्मेन्टका प्रमुख कृष्णराज तिमिल्सिनाले प्राकृतिक प्रकोपमा परेको समयमा निकै पीडा हुने कुरा आफैँले ०७२ सालको महाभूकम्पबाट भोगेको हुँदा यो अवस्थामा पीडामा रहेका नागरिकको पीडामा केही मात्रामा भए पनि मल्हम लगाउन मद्दत मिल्ने आशाका साथ सहयोग गरेको बताए।

साथै उनले यो समयमा सबै नेपाली आ–आफ्नो स्थानबाट सक्ने सहयोग गरिदिनसमेत आग्रह गरे। 

सुझावित समाचार