भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या १३२ पुग्यो

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

भूकम्पका कारण जाजरकोटमा ९५ जनाको मृत्यु, ५५ जना घाइते, रुकुमपश्चिममा ३७ जनाको मृत्यु, ८५ जना घाइते

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी हालसम्म एक सय ३२ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ४० जना घाइते भएका छन्। जाजरकोटमा ९५ जनाको मृत्यु भएकाे छ भने ५५ जना घाइते छन्। यसैगरी, रुकुमपश्चिममा ३७ जनाको मृत्यु भएकाे छ भने ८५ जना घाइते भएका छन्। 

गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्रविन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी कार्यलाई तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

अहिले भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको  छ।  

See More On

सुझावित समाचार