तत्काल उद्धारमा जुट्न सभामुखको अनुरोध

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन्। 
 
उनले  उद्धार र राहतमा सक्रिय रूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन्। सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु। उद्धार र राहतमा सक्रिय रूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु।’

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४  म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको संख्यामा घाइते भएका छन्।

See More On

सुझावित समाचार