युएईविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक पूरा गरेका छन्। आसिफले ३९ बलमा ६ चौका र एक छक्कासहित ५० रन बनाएका हुन्। आसिफले अर्धशतक बनाउँदा नेपालले दुई विकेट गुमाएर ९३ रन बनाएको छ।
२२ वर्षीय आसिफको करिअरको चौथो अर्धशतक हो। यसअघि नेदरल्यान्ड्स, मलेसिया र युएईविरुद्ध उनले ५० रन बनाएका थिए।
पछिल्लोपटक मूलपानीमै युएईविरुद्ध ६२ रन बनाएका हुन्। आसिफले पहिलो दुवै अर्धशतक कीर्तिपुर मैदानमा बनाएका थिए।