मूलपानीमा विश्वकप कुरिरहेका क्रिकेटप्रेमी

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप छनोटको एसियाली छनोटको सेमिफाइनलअन्तर्गत मूलपानीमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ।

सेमिफाइनलअन्तर्गत नै कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा भइरहेको छ। सेमिफाइनलका दुई विजेता टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

मूलपानी खेल मैदानमा नेपाली टोलीले प्रतिस्पर्धा गरिरहँदा नेपाली समर्थकको निकै ठूलो उपस्थिति रहेको छ। विश्वकपमा छनाेटकाे आशासहित नेपाली फ्यान उत्साह साथ घरेलु टोलीलाई समर्थन गरिरहेका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार