नेकपा एमालेकाे संसदीय दलको बैठक बस्दै छ। अहिले केहीबेरमा संसदीय दलको बैठक लोत्से हलमा बस्न लागेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।
बैठकमा संसद्को बर्खे अधिवेशनको समीक्षा गरी सांसदहरूलाई दलका नेता केपी ओलीले निर्देशन दिनेलगायतका एजेन्डा रहेका बताइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि संसद्को चालू बर्खे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।