डब्लुएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा निर्वाचित

बुधबार, १५ कार्तिक, २०८०
डिजिटल संस्करण

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा बाजेद निर्वाचित भएकी छिन्। 

बंगलादेशकी साइमा नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गर्दै निर्देशक पदमा निर्वाचित भएकी हुन्। उनी राष्ट्रपति शेख हसिनाकी छोरी हुन्। साइमाले आठ मत प्राप्त गर्दा आचार्यले दुई मत पाए। 

डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन्। यी सदस्यहरूको मतदान वा सहमतिबाट क्षेत्रीय निर्देशक चयन गरिन्छ। 

सुझावित समाचार