आइसिसी टी–२० विश्वकप एसियन छनोटमा मंगलबार समूह ‘ए’मा मलेसियाले नेपालविरुद्ध पहिलो विकेट लिएको छ । एक सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।
त्रिवि क्रिकेट मैदानमा कुशल इनिङ्सको ५.२ ओभरमा क्याचआउट भएका हुन् । उनले पवनदीपले फ्याँकेको ओभरमा मुलान्डीलाई क्याच दिए । कुशलले २५ बलमा चार छक्का र चार चौका प्रहार गरी ४३ रनको योगदान दिए । उनी आउट हुँदा नेपाल ४९–१ को स्थितिमा थियो । नेपालले इनिङ्सको ५.५ ओभरमा ५३ रन जोडेको छ ।
अहिले क्रिजमा कुशल मल्ल चार रन र आसिफ शेख ६ रनमा खेलिरहेको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।