सन्दीपले लिए विकेट, मलेसियाको तेस्रो विकेट पतन

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण
सन्दीपले लिए विकेट, मलेसियाको तेस्रो विकेट पतन

फाइल तस्बिर

आइसिसी टी-२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मलेसियाका भरपर्दा ब्याट्सम्यान वीरन्दीप सिंहको विकेट लिएका छन्। 

त्रिवि मैदानमा मंगलबार सन्दीपले इनिङ्सको १०.१ ओभरमा सिंहलाई एलबिडब्लू आउट पारेका हुन्। पहिलो ब्याटिङ गरेको मलेसियाले ११ ओभरमा तीन विकेट गुमाएर ९० रन बनाएको छ । मलेसियाले प्रतिओभर ८.४७ रनरेटमा ब्याटिङ गरिरहेको छ। 

सुझावित समाचार