आइसिसी टी–२० विश्वकप एसियन छनोटमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ।
इनिङ्सको ६.६ ओभरमा अहमेद फैज विकेटकिपर आसिफ शेखबाट रनआउट भए। रनआउट हुनुअघि फैजले चार बलमा तीन रन जोडेका थिए।
उनी दुई रन लिने चक्करमा रनआउट हुन पुगे। मलेसियाले सात ओभरमा दुई विकेटको क्षतिमा ६६ रन बनाएको छ। टस जितेर मलेसियाले पहिलो ब्याटिङ रोजेको थियो।
यसअघि मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता अभिनाश बोहाेराले दिलाएका थिए। बोहाेराले आफ्नो पहिलो ओभरमै मलेसियाका ओपनर जुवैदी जुल्किफेलाई कुशल मल्लबाट क्याचआउट गराएका थिए।
जुवैदीले १६ बलमा तीन चौकाको सहयोगमा २४ रन बनाएका थिए। आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाल र मलेसियाबीच समूह ‘ए’को खेल भइरहेको छ।