अभिनाशले दिलाए नेपाललाई पहिलो सफलता

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण
अभिनाशले दिलाए नेपाललाई पहिलो सफलता

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता अभिनाश बोहाेराले दिलाएका छन् । बोहाेराले आफ्नो पहिलो ओभरमै मलेसियाका ओपनर जुवैदी जुल्किफेलाई कुशल मल्लबाट क्याच आउट गराएका हुन् ।

जुवेदीले १६ बलमा तीन चौकाको सहयोगमा २४ रन बनाएका थिए । उनी आउट हुँदा मलेसिया ५.५ ओभरमा ५८–१ को स्थितिमा थियो । यसअघि मलेसियाले त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध ४.२ ओभरमा ५० रन पूरा गरेको थियो । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा नेपाल र मलेसियाबीच समूह ‘ए’ को खेल भइरहेको छ । 

सुझावित समाचार