धरौटीमा छुटे डिपो प्रमुख दास

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौँडा डिपो पोखरामा भएको तेल अपचलन घटनामा संलग्न मुख्य आरोपित डिपो प्रमुख चित्तरञ्जन दास पाँच लाख धरौटी बुझाएर तारेखका छुटेका छन् ।

तेल अपचलनको घटना भएको दिन २५ साउनदेखि फरार रहेका दास आइतबार कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए । 

अदालतले आइतबारै उनको बयान लिएको थियो । दासको बयानपछि भएको थुनछेक बहसपछि न्यायाधीश ऋषिराम आचार्यको एकल इजलासले धरौटी तारेखमा छाड्ने आदेश दिएको अदालतका शाखा अधिकृत रामबहादुर किसानले जानकारी दिए । 

सुझावित समाचार