राष्ट्रसंघका महासचिवको सम्बोधनका लागि सिंगारियो संसद् भवन

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधन तयारीबारे जानकारी लिएका छन्।

सभामुखले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधिसभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गरेका हुन्। राष्ट्रसंघका महासचिव गुटेरेसले मंगलबार साँझ संयुक्त सदनको बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ।

सभामुखले संसद् सचिवालयका उच्च अधिकारीहरूलाई व्यवस्थापन पक्षलाई त्रुटिरहित सम्पन्न गर्न निर्देशन दिएका छन्।

सभामुख घिमिरेलेलाई संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी दिएका थिए।

तस्बिरहरू :

सुझावित समाचार