- दसैँ सकिएको छ । दसैँ मनाउन घर गएकाहरू फर्कने क्रम जारी छ । बाटोमा सवारीसाधनको संख्या धेरै हुने भएकाले यतिवेला दुर्घटनाको जोखिम पनि अन्य समयभन्दा ज्यादा रहन्छ । त्यसबाट बच्न हामीले अनुशासित भएर सवारी चलाउनुपर्छ ।
- नेपालमा झन्डै ९० प्रतिशत दुर्घटना तीव्र गतिको कारण भएको विभिन्न अध्ययनले देखाएको छ । सडकमा रहेका खाल्डाखुल्डीले गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
- व्यवसायीहरूले पनि यतिवेला बसमा धेरै यात्रु कोच्ने गर्छन् । हरेक यात्रुलाई सहज र सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याइदिनु यातायात व्यवसायीको कर्तव्य हो । कमाउनेभन्दा सेवा पनि महत्वपूर्ण हो भनेर बुझ्नुपर्छ ।
- यस्तो वेला गाडीको अवस्था चेकजाँच गर्नुपर्छ । सडक प्रयोगकर्ताको पनि सुरक्षित र व्यवस्थित यात्रा गर्न निकै महत्वपूर्ण भूमिका हुन्छ । चालकले यतिवेला पर्याप्त आराम नगरीकन सवारीसाधन चलाउनु हुँदैन ।
- यात्रा गर्दा यात्रु अनुशासित भएर बस्नुपर्छ । झुन्डिने, हुटमा बस्ने, जबरजस्त कोचिएर चढ्नुहुँदैन । ओभर लोड भएको गाडी चढ्नुहुँदैन । चालकलाई दबाब दिने खालको व्यवहार गर्नुहुँदैन । चालक पनि दक्ष हुनुपर्छ । आफूमा आत्मविश्वास छैन भने चलाउँदिनँ भन्नुपर्छ । दबाबमा रहनुहुन्न ।
- बाइकमा यात्रा गर्दा दुवैजनाले हेल्मेट प्रयोग गर्नुपर्छ । पैदलयात्रुले जाथभावी बाटो काट्नुहुँदैन ।
सुरक्षित यात्रा यसरी
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
३ हप्ता अघि
के हो 'एलोपेसिया एरिएटा' ?
२ हप्ता अघि
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
३ हप्ता अघि
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
१९ घण्टा अघि
विषादीसहितको तरकारीबाट बचौँ
२१ घण्टा अघि
सुझावित समाचार
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म
वैदिक ऋषिचेतना र आधुनिक विज्ञानको आलोकमा मानव चेतनाको खोज मानव सभ्यताको इतिहासमा मानिसले बाह्य प्रकृतिलाई बुझ्ने र न…
विषादीसहितको तरकारीबाट बचौँ
मानव स्वास्थ्यका लागि हानिकारक विषादीमध्ये १३ वटा विषादी बेमौसमी हरियो तरकारीमा भेटिएको विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगम…
के हो 'एलोपेसिया एरिएटा' ?
एलोपेसिया एरिएटा भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै कपालको जरालाई बाह्य शत्रु ठानेर आक्रमण गर्दा हुने एक प्रकारको अटोइम्य…
बालबालिकालाई पटकाबाट यसरी जोगाऔँ
दीपावली र छठमा अत्यधिक खपत हुने पटाकामा नकारात्मक पक्ष अनगिन्ती छन् । यसबाट प्रताडित हुनेमा अधिकांश महिला र १८ वर्षभन्दा कम उमे…
सांस्कृतिक अतिक्रमण र मगरगाउँको रूपान्तरण
नेपाली समाजमा प्रत्येक वर्ष असोज र कात्तिक महिनाको सँघारमा दसैँ र तिहारजस्ता पर्व आइपुग्दा यसको सांस्कृतिक आधार, ऐतिहासिक सन्दर्भ…
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…