आइसिसी टी–२० विश्वकप एसिया छनोट : ऐरी घाइते भएपछि बाहिरिए

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भइरहेको खेलमा  अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएका छन्। 

वार्मअपमा घाइते भएपछि अलराउन्डर  ऐरी आइसिसी टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध बाहिर भएका छन् । उनको स्थानमा विवेक यादवले  खेलिरहेका छन् ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले ५३ रन जोड्दा तीन विकेट गुमाएको छ ।
 

सुझावित समाचार