धनगढीमा जुवा खेलिरहेका १२ जना पक्राउ

शनिबार, ११ कार्तिक, २०८०
डिजिटल संस्करण

जुवाको खालबाट एक लाख एक हजार २६५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद

धनगढीमा प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरमा एक टहरामा जुवा खेलिरहेको अवस्थामा शुक्रबार राति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जुवाको खालबाट एक लाख एक हजार २६५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
     
 

See More On

सुझावित समाचार