उपाधि भिडन्त रोचक बन्दै, युएईले गुमायो छैटौँ विकेट

टी-२० ट्र्यांगुलर सिरिज

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

एक सय ६३ रनको लक्ष्य पछ्याएको युएईले छैटौँ विकेट गुमाएको छ । म्याच जित्न आठ बलमा ११ रन चाहिएको अवस्थामा युएईले छैटौँ विकेट गुमाएको हो । 

अविनाश बोहाेराले नेपालका लागि विकेट लिए । अब अन्तिम ओभरमा युएईलाई खेल जित्न ६ बलमा सात रन आवश्यक छ । नेपालले भने पाँच रनभित्र रोक्न सके खेल जित्नेछ । युएईले ६ रन बनाए खेल सुपर ओभरमा जानेछ ।

सुझावित समाचार