छैटौँ अर्धशतक बनाएलगत्तै कुशल भुर्तेल बोल्ड

टी-२० ट्र्यांगुलर सिरिज

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण
छैटौँ अर्धशतक बनाएलगत्तै कुशल भुर्तेल बोल्ड

छैटौँ अर्धशतक बनाएपछि ओपनर कुशल भुर्तेल । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

टी–२० ट्रयांगुलर सिरिजको फाइनलमा उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल आउट भएका छन् । 

कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा २८ बलमा ५० रन पूरा गरेलगत्तै उनी बोल्ड हुन पुगे । टी–२० मा यो उनको छैटौँ अर्धशतक हो । ६ चौका र तीन छक्का प्रहार गरिसकेका कुशललाई जहुर खानले बोल्ड गरेका हुन् । 

कप्तान रोहित पौडेल र अर्का विस्फोटक ब्याटर दीपेन्द्रसिंह ऐरी अहिले क्रिजमा छन् । नेपालले आसिफ शेख र कुशल मल्ललाई पनि गुमाइसकेको छ । यी दुवैको विकेट आयन खानले लिएका हुन् । 

सुझावित समाचार