टी–२० ट्रयागुलर सिरिजको उपाधिका लागि अहिले नेपाल र युएई भिडिरहेका छन् । कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा टस जितेर युएईले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ ।
जारी शृंखलामा खराब फर्मबाट गुज्रिरहेका ओपनर कुशल भुर्तेलले आज आक्रामक ब्याटिङ गरिरहेका छन् । युएईका खेलाडीले क्याच छुटाएपछि पाएको मौकालाई सदुपयोग गर्दै उनले आक्रामक सट प्रहार गरिरहेका छन् ।
चार ओभर सकिँदा नेपालले कुनै विकेट नगुमाई ४१ रन बनाएको छ । क्रिजमा कुशलसँगै आसिफ शेख छन् ।
