क्रेन दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बिहिबार, ९ कार्तिक, २०८०
डिजिटल संस्करण

हेटौँडामा आज बिहान हाइड्रो क्रेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका– ३० विश्रामपुका १८ वर्षीय विपिन महतो छन् । लालपर्सा बस्ने ३० वर्षीय क्रेनचालक दशरथ पासवान सामान्य घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटे सडकखण्डमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ना. १क ६०५५ नम्बरको हाइड्रो क्रेन दुर्घटना भएको हो । 

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले क्रेनमा च्यापिएको अवस्थामा रहेका महतोलाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । 

घाइते पासवानको भने हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

सुझावित समाचार