प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठबीच भेट

बुधबार, ८ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्रीनिवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेका छन्।

सो अवसरमा उनीहरूबीच समसामयिक विषयमा पनि कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका वेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर आज स्वदेश फर्किएका हुन्।
 
 

सुझावित समाचार