हेटौँडा अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा रहेको हेटौँडा अस्पतालमा सालनालसहितको एउटा नवजात शिशु फेला परेको छ ।

मृत अवस्थामा रहेको उक्त शिशु अस्पतालको महिला शौचालयमा फोहोर फाल्ने डस्टबिनमा फेला परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले शनिबार राति मृत अवस्थामा फेला परेको उक्त शिशु कसको हो र कसले फालेको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
 

सुझावित समाचार