भूकम्पका कारण धादिङमा २० घर भत्किए, ७५ घर चर्किए

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पका कारण  ज्वालामुखी गाउँपालिका- ५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साबिक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

See More On

सुझावित समाचार