हमासकाे आक्रमणमा मारिएका एक नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

आइतबार, ५ कार्तिक, २०८०
डिजिटल संस्करण

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये एक नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । 

फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । हमास समूहको आक्रमणमा परी निधन भएका नारायणप्रसाद न्यौपानेकाे शव काठमाडाैं ल्याइएकाे हाे । उक्त शव अहिले शिक्षण अस्पताल महाराजगन्जमा राखिएकाे छ । 

यसैगरी, आजै लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको पनि शव ल्याइनेछ ।  अन्य बाँकी शवको पहिचानको काम भइरहेको नेपाली दूतावासले जनाएको छ ।

See More On

सुझावित समाचार