कुमारी बैंक लिमिटेडले दसैँलाई लक्षित गर्दै आफ्ना बचत खाताहरूका लागि ल्याएको ‘बडादसैँ दक्षिणा’ र ‘क्यास ब्याक अफर’ योजनालाई थप समयका लागि निरन्तरता दिएको छ।
‘क्यास ब्याक अफर’मा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०–५० जनालाई बैंकले २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिनेछ। क्यास ब्याक रकम पिएसओ, क्युआर पेमेन्ट र अनलाइन पेमेन्ट माध्यमबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ। यी सुविधाहरू आगामी कात्तिक ६ देखि कात्तिक ११ गतेसम्म निरन्तर रहनेछ।
साथै, बैंकले विजयादशमीका दिन आफ्ना ग्राहकलाई थप आकर्षक सुविधासहित ‘क्यास ब्याक अफर’सँगै ‘बडादसैँ दक्षिणा’ योजनासमेत सार्वजनिक गरेको छ।
यस योजनामा कात्तिक ७ गते विजयादशमीका दिन मोबाइल बैंकिङमार्फत रकम स्थानान्तरण गर्दा नदोहोरिने गरी पहिलोे एक हजार चार सय ग्राहकलाई रु. ५० क्यास ब्याक दिइने बैंकले जनाएको छ। क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार रु. १०० हुनुपर्नेछ।
यी दुवै अफर बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म गरिएका कारोबारमा लागू हुनेछ।