करण र सोमपालसामु हङकङ निरीह, पाँचौँ ओभरभित्रै चार ब्याटर आउट, करणले लिए तीन विकेट

टी-२० ट्र्यांगुलर सिरिज

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण
करण र सोमपालसामु हङकङ निरीह, पाँचौँ ओभरभित्रै चार ब्याटर आउट, करणले लिए तीन विकेट

फाइल तस्बिर ।

टी-२० ट्र्यांगुलर सिरिजअन्तर्गत आफ्नो पहिलो खेल नेपालसँग खेलिरहेको हङकङ नेपाली बलरसामु निरीह देखिएको छ । 

पाँचौँ ओभरको खेल चलिरहँदा हङकङले चौथो विकेट गुमाइसकेको छ । नेपालका लागि तीव्र गतिका बलर करण केसीले तीन तथा सोमपाल कामीले एक सफलता दिलाएका छन् । 

करणले लगातारका आफ्ना तीन ओभरमा तीन विकेट लिइसकेका छन् । नेपालका लागि चौथो तथा आफ्नो तेस्रो विकेट लिने क्रममा उनले हङकङका सबैभन्दा डरलाग्दा ब्याटर बाबर आयातलाई सिकार बनाए । नौ बलमा पाँच रन मात्र बनाएका बाबरलाई कुशल भुर्तेलले क्याच समाए । 

त्यसअघि करणले आफ्नो पहिलो र दोस्रो ओभरमा लगातार दुई विकेट लिएका थिए । आफ्नो स्पेलको पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए ।
 
त्यस्तै, दोस्रो ओभरको पनि पहिलो बलमा उनले हङकङका अर्का ओपनर अन्स्य राथलाई आसिफको हातबाट क्याचआउट गराए । उनले आउट हुनुपूर्व नौ बलमा सात रन बनाए ।  

सोमपालले पनि आफ्नो दोस्रो ओभर बलिङमा मार्टिन कोइट्जीलाई बोल्ड गरे । मार्टिनले आठ बल खेल्दै दुई रन बनाए । 

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि हङकङ ब्याटिङमा आएको हो । ताजा अवस्थामा उसले पाँच ओभरमा चार विकेट गुमाएर १५ रन बनाएको छ ।

सुझावित समाचार