अन्तर्राष्ट्रिय टी–२० त्रिदेशीय क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल र हङकङ भिडिरहेका छन् । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हङकङलाई लगातार दोस्रो झड्का लागेको छ ।
मूलपानी क्रिकेट मैदानमा करणले पहिलो र दोस्रो ओभरमा लगातार दुई विकेट लिएका छन् । तीव्र गतिका बलर करणले आफ्नो स्पेलको पहिलो बलमै हङकङका कप्तान निजाकत खानलाई बोल्ड गरेका थिए ।
त्यस्तै, दोस्रो ओभरको पनि पहिलो बलमा उनले हङकङका अर्का ओपनर अन्स्य राथलाई आसिफको हातबाट क्याचआउट गराए । उनले आउट हुनुपूर्व नौ बलमा सात रन बनाए ।