नेपालको सय रन पूरा, रोहित र दीपेन्द्रबीच अर्धशतकीय साझेदारी

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईले दिएको एक सय ४१ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेपालले एक सय रन पूरा गरेको छ । 

नेपालले १४.३ बलमा तीन विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो । ५१ रनभित्र महत्वपूर्ण तीन विकेट गुमाएपछि दबाबमा आएको नेपालको इनिङ
कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन् । 

रोहित २२ बलमा १७ रन तथा दीपेन्द्र १६ बलमा २५ रन बनाएर खेलिरहेका छन् । यी दुईबीच अर्धशतकीय साझेदारी पनि बनेको छ । 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा विस्फोटक ब्याटर कुशल मल्ललाई सस्तैमा गुमाएपछि नेपाल दबाबमा आएको थियो । 

आसिफ शेखसँगको असमझदारीका कारण कुशल मल्ल दुर्भाग्यपूर्ण रूपमा रनआउट हुन पुगेका थिए । रनआउट हुनुअघि उनले दुई चौकाको मद्दतमा नौ बलमा ११ रन बनाएका थिए । 

कुशल आउट भएलगत्तै ठूलो सट प्रहार गर्ने क्रममा आसिफ पनि आउट हुन पुगे । उनले आउट हुनुअघि २७ बलमा २३ रन बनाएका थिए । आसिफले दुई चौका र एक छक्का प्रहार गरे । 

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले  १४ रन बनाए । १४ बल सामना गरेका उनी निलान्स केस्वानीको स्पिन बलमा ठूलो सट प्रहार गर्ने कोसिस गर्दा अली नासिरको हातबाट आउट हुन पुगे । 

सुझावित समाचार