युएईले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले लगातार एकपछि अर्को विकेट गुमाएको छ ।
महत्वपूर्ण तीन विकेट गुमाउन बाध्य भएपछि नेपाली ब्याटिङ दबाबमा परेको छ । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख मात्र होइनन्, सबैभन्दा विस्फोटक ब्याटर कुशल मल्ल पनि पेभेलियन फर्किसकेका छन् ।
लगातार विकेट गुमेपछि नेपाली डकआउट निराश देखिएको छ । अहिले क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी संघर्ष गरिरहेका छन् ।
नेपालका सबैभन्दा विस्फोटक ब्याटर कुशल मल्ल दुर्भाग्यपूर्ण रूपमा रनआउट हुन पुगे । आसिफ शेखसँगको असमझदारीमा कुशल मल्ल रन आउट हुन पुगे । रनआउट हुनुअघि उनले दुई चौकाको मद्दतमा नौ बलमा ११ रन बनाएका थिए ।
कुशल आउट भएलगत्तै ठूलो सट प्रहार गर्ने क्रममा आसिफ पनि आउट हुन पुगे । उनले आउट हुनुअघि २७ बलमा २३ रन बनाएका थिए । आसिफले दुई चौका र एक छक्का प्रहार गरे ।
यस्तै, अर्का ओपनर कुशल भुर्तेलले १४ रन बनाए । १४ बल सामना गरेका उनी निलान्स केस्वानीको स्पिन बलमा ठूलो सट प्रहार गर्ने कोसिस गर्दा अली नासिरको हातबाट आउट हुन पुगे ।