१९औँ ओभरको खेल चलिरहँदा युएईले छैटौँ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा युएईका मोहम्मद फराजुद्दिनलाई आउट गरे ।
यसबीच युएईका बलिस अलअब्दुल हमिदले करिअरको पहिलो अर्धशतक बनाएका छन् । उनले ३६ बलमा चार छक्का र एक चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन् । उनले ३१औँ इनिङमा पहिलो अर्धशतक बनाएका हुन् ।
१९औँ ओभरको खेल सकिँदा युएईले ६ विकेट गुमाएर एक सय ३४ रन बनाइसकेको छ ।