यदि आजको दिनसम्म पनि बाइसे–चौबिसे राज्यकाे अस्तित्व हुन्थ्यो भने आजबाट एक वर्षका लागि लिगलिग राज्यमा गजेन्द्र राईको शासन चल्थ्याे।
.jpg'_'.2023-10-18.jpg)
नेपाल एकीकरणअघिका बाइसे–चौबिसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो। पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ।
वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो। तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ।
.jpg'_'.2023-10-18.jpg)
लामाे परम्परा बाेकेकाे लिगलिगकोट दाैड प्रतियाेगितालाई अहिले मनाेरञ्जन र आन्तरिक पर्यटक तान्ने माध्यम बनाइएकाे छ। चेपेघाटदेखि लिगलिगकोटसम्म १३.८ किलोमिटर ६५.३६ मिनेटमा दौड पूरा गरी राई प्रथम भएका हुन्। धावक राई त्रिभुवन आर्मी क्लबका सदस्य हुन्।
.jpg'_'.2023-10-18.jpg)
विगतमा तीन वर्ष दौड भएन, आन्तरिक स्राेत र चन्दा संकलनबाट हुँदै आएको छ। याे ११औँ संस्कणमा दौड पूरा हुँदा स्थानीय सरकारले आगामी संस्करणका लागि चासो व्यक्त गरेको अध्यक्ष सञ्जीव रानाले बताए। आगामी दिनमा प्रतियाेगिताका लागि उपस्थिति र स्तर बढाउने उनकाे याेजना छ।
.jpg'_'.2023-10-18.jpg)
लगातार तीनपटक दौड जितेर श्रीपेच लगाएका पर्वतका अनिश थापामगर यसपटक भने तेस्रो भए। ११औँ लिगलिगकोट दौड प्रतियोगितामा ७० जनाकाे सहभागिता थियाे।
.jpg'_'.2023-10-18.jpg)
.jpg'_'.2023-10-18.jpg)
.jpg'_'.2023-10-18.jpg)
.jpg'_'.2023-10-18.jpg)
.jpg'_'.2023-10-18.jpg)
.jpg'_'.2023-10-18.jpg)
.jpg'_'.2023-10-18.jpg)