युएईविरुद्ध नेपाललाई चौथो सफलता, गुल्सनले लिए दोस्रो विकेट

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

टी–२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईविरुद्ध नेपाली बलरहरू प्रभावशाली देखिएका छन् । बलरको उत्कृष्ट प्रदर्शनका कारण युएईले लगातार अन्तरालमा एकपछि अर्को विकेट गुमाइरहेको छ । 

युएईले ८.४ ओभरमा चौथो विकेट गुमाएको छ । गुल्सन झाले आफ्नो लगातारको दोस्रो ओभरमा नेपाललाई सफलता दिलाएका हुन् । 

गुल्सनले १२ बलमा १५ रन बनाएका असिफ खानलाई आफ्नो दोस्रो सिकार बनाए । त्यसअघि पहिलो ओभरमा उनले युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई आउट गरेका थिए । 

सुझावित समाचार