युएईलाई दोस्रो झड्का, करणले दिलाए विकेट

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण

टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा अहिले नेपाल र युएई भिडिरहेका छन् । मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले युएईको दोस्रो विकेट लिएको छ । 

नेपाललाई करण केसीले दोस्रो सफलता दिलाएका हुन् । उनले सात बलमा ६ रन बनाएका अलिसान सराफीलाई आसिफ सेखको हातबाट आउट गराए । 

ताजा अवस्थामा युएईले चार ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा १५ रन बनाएको छ । 

यसअघि एक रनको अवस्थामा युएईले आफ्ना ओपनर खालिद साहलाई गुमाएको थियो । ६ बल सामना गरेका खालिदले कुनै पनि रन बनाउन सकेनन् । सोमपालको बलमा कप्तान रोहित पौडेलले खालिदको क्याच समाएका थिए । 
युएईले पहिलो ओभरमा एक रनको अवस्थामा एक विकेट गुमाएको हो । 

सुझावित समाचार