हनुमानढोकाको दसैँघरमा घटस्थापना [तस्बिरहरू]

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

हिन्दू नेपालीहरूको चाड बडादसैँ आजदेखि विधिवत रूपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा घटस्थापना गरिएको छ। बिहान ११ बजेर २९ मिनेटको शुभसाइतमा दसैँघरमा घटस्थापना गरिएको हो।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्षबढाइँ गरेको थियो भने दसैँघरमा शंख, घन्टा र डमरू बजाएर दुर्गा भगवतीको पूजा–आराधना गरिएको थियो।

दसैँको पहिलो दिन वैदिक विधिपूर्वक दीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ। यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरूपा दुर्गा भगवतीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो। 

घटस्थापनाको दिन रोपिएको जमरालाई विजयादशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ। जौलाई औषधीय गुणले युक्त मानिन्छ। यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोगी रहन सघाउ पुर्‍याउने विश्वास रहिआएको छ।

तस्बिरहरू :

सुझावित समाचार