विस्तृत शान्तिसम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशाेधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्नेलगायतका माग राख्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेको छ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले १४ पुरुष र दुई महिला आन्दोलनकारीलाई समातेको छ। विस्तृत शान्तिसम्झौताको मर्मविपरीत, मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरुद्धको अपराधमा संलग्नहरूलाई आममाफी दिने नियतले भइरहेको चलखेलप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सत्य र न्यायका खातिर यो प्रदर्शन आयोजना गरिएको प्रदर्शनकारीले जनाएका छन्।
तस्बिरहरू :
.jpg'_'.2023-10-13.jpg)
.jpg'_'.2023-10-13.jpg)
.jpg'_'.2023-10-13.jpg)
.jpg'_'.2023-10-13.jpg)