कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुईवटा विधेयक पारित

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशन अन्त्य, दुईवटा विधेयक पारित

फाइल तस्बिर

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरिएको छ। अधिवेशनअन्तर्गतको बैठकबाट कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत पारित गरिएको छ। 

कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेर लागू भइसकेको छ भने निजामती कर्मचारी विधेयक भने प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाइएको छ। 

त्यस्तै, कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ।

सो अधिवेशनमा कुल ३९ बैठक बसेको सभामुख नन्द गुरुङले जानकारी दिए। अधिवेशन गत जेठ १० गतेदेखि सुरु भएको थियो।

कुल ५४ घन्टा बसेको बैठकमा सबैभन्दा लामो २३औँ बैठक तीन घन्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८औँ बैठक ७ मिनेट २३ सेकेन्डसम्म बसेको थियो। बैठकमा प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरिएको थियो।

सुझावित समाचार