चार वर्षपछि जापानमा भेट्ने वाचासँगै आइतबार चीनको हाङझाउमा आयोजित १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) सम्पन्न भएको छ। २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चलेको प्रतियोगितामा भाग लिन गएका नेपाली खेलाडी फर्किएका छन्।
एसियाली खेलकुदमा नेपालले एक रजत र एक कांस्य जितेको छ। नेपालले सन् २००६ पछि पहिलोपटक दुई पदक जितेको हो। पछिल्ला तीन संस्करणमा नेपाल एक–एक पदकमा सीमित बनेको थियो।
नेपाललाई कराँतेमा शनिबार एरिका गुरुङले रजत पदक दिलाएकी छिन्। उनले रजत जित्नुअघि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। महिला टोलीले डेब्युमै ऐतिहासिक पदक जितेको हो।
तस्बिरहरू:.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)