महाकालीको तटमा बिच भलिबल प्रतियोगिता हुने

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको तटमा पुरुष बिच भलिबल प्रतियोगिता हुने भएको छ । नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा २९ असोजदेखि प्रथम खुला तथा भेट्रान बिच पुरुष भलिबल हुने संघका अध्यक्ष श्यामसिंह मौनीले बताएका छन् ।

खुलातर्फ दुई हजार र भेट्रानतर्फ एक हजार रुपैयाँ टिम दर्ता शुल्क निर्धारण गरिएको छ । खुलातर्फ पहिलोले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाउनेछन् । यसैगरी, भेट्रानतर्फ २५ हजार, १५ र १० हजार रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हजारौँ दर्शक तथा खेलप्रेमीले अवलोकन गर्ने आयोजकको अनुमान छ । 

अध्यक्ष मौनीले भलिबलको विकासका साथै पर्यटन प्रवद्र्धनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले बेदकोट, भीमदत्त र दोधाराचाँदनी स्थानीय पालिकासँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेका छौँ,’ अध्यक्ष मौनीले भने, ‘प्राविधिक सहयोग पूरै नेपाली सेनाको रहन्छ ।’ 

कञ्चनपुर भलिबल संघका सचिव उत्तम विष्टले प्रतियोगितामा सहभागिताका लागि विभागीय तथा खुलातर्फ टिम सहभागिताको तयारी भइरहेको बताए । 

सुझावित समाचार