१९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कराँतेमा नेपालकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन्।
६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन्।
सेमिफाइनलमा हङकङकी यान काई होलाई ८–४ ले हराउँदै एरिका फाइनलमा पुगेकी थिइन्।
एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन्। यसअघि नेपालले कबड्डीमा कांस्य पदक जितेको थियो।