पावर बैंक कस्ता छान्ने ?

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

स्मार्टफोनको प्रयोग बढ्दै छ । मानिसहरू आफ्नो कामका लागि यसैमा निर्भर भएका हुन्छन् । तर, कतिपय अवस्थामा चार्ज सकिएर समस्या हुन्छ र चार्ज गर्नका लागि सुविधा पनि उपलब्ध हुँदैन । यस्तोमा पावर बैंक निकै सहयोगी मानिन्छ । तर, पावर बैंक किन्दा केही कुरा ख्याल गर्न जरुरी छ :

पावर बैंकको क्षमता
तपाईंको फोनको ब्याट्री क्षमताभन्दा कम्तीमा साढे दुई गुणा ज्यादा क्षमताको पावर बैंक किन्नु राम्रो हुन्छ । जसकारण तपाईंको फोन झन्डै दुईपटक पूर्ण रूपमा र एकपटक ५० प्रतिशत चार्ज गर्न मिलोस् । उदाहरणका लागि यदि तपाईंको फोनको ब्याट्री ५ हजार एमएएचको छ भने तपाईंले १०,००० देखि १५,००० एमएएच क्षमताको पावर बैंक लिनु राम्रो हुन्छ । 

चार्जिङ पोइन्ट 
पावर बैंक किन्दाको समय चार्जिङ पोइन्टमा ध्यान दिनुपर्छ । बजारमा त्यस्ता धेरै पावर बैंक पाइन्छन्, जसले युएसबी केवलमार्फत मात्रै काम गर्छन् । यस्ता पावर बैंक किन्दा तपाईंलाई फोन चार्ज गर्नमा समस्या आउन सक्छ ।

संख्या 
तपाईंले किनेको पावर बैंकले एकपटकमा कतिवटा डिभाइस चार्ज गर्न सक्छ, यस विषयमा पनि ध्यान दिन जरुरी छ । कम्तीमा एकपटकमा दुईवटा फोन चार्ज गर्न सक्ने पावर बैंक किन्नुपर्छ । 

भोल्टेज 
पावर भोल्टेज निकै जरुरी छ । तपाईंले किनेको पावर बैंकको आउटपुट भोल्टेज फोनको बराबर भएन भने चार्ज हुन सक्दैन । त्यसैले आफ्नो फोनसमानको आउटपुट भोल्टेज भएको पावर बैंक लिनुपर्छ । 

सुझावित समाचार