इमर्जिङ नेपालको प्रमुख कार्यकारी अधिकृतमा उप्रेती

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

इमर्जिङ नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिले उप्रेतीलाई चार वर्षका लागि नियुक्त गरेको हो । 

उप्रेती यसअघि एनआइसी एसिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवका रूपमा कार्यरत रहेको जनाइएको छ । उनले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेको कम्पनीेले जनाएको छ ।  

पूर्वाधार विकासका क्षेत्रहरूमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित इमर्जिङ नेपालले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत उप्रेतीको नेतृत्वमा थप उचाइ लिने विश्वास व्यक्त गरेको छ ।  

सुझावित समाचार