राम्रो गायक बन्न...

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

गायक बन्ने सोच धेरै हुन्छ । यद्यपि, राम्रो गायक बन्नका लागि कडा मिहिनेत चाहिन्छ । गीत गाउन जानेर मात्रै पुग्दैन । महत्वाकांक्षा र भाग्य पनि चाहिन्छ । गायनमा लाग्ने युवापुस्तालाई भारतीय गायक सोनु निगमको सुझाव यस्तो छ :

संगीत सुरु गर्नका लागि कुनै उमेर हुँदैन । तर, यदि तपाईंलाई साँच्चै आफू व्यावसायिक गायक बन्छु भन्ने लाग्छ भने केही कुरामा ख्याल गर्नुपर्ने हुन्छ । तपाईं आफ्नो काममा कत्तिको प्रतिबद्ध हुनुहुन्छ र कति धेरै सिक्न सक्नुहुन्छ भन्ने महत्वपूर्ण छ । तपाईं जतिसुकै राम्रो गायक भए पनि नियमित रूपमा भ्वाइस ट्रेनिङ जरुरी छ ।

तपाईंको आवाजको सामथ्र्य र गुणस्तर विकास गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । यदि, राम्रो प्रशिक्षण पाउनुभएन भने तपाईंको स्वर बिग्रने जोखिम पनि रहन्छ । त्यसैले सधैँ रियाज गर्नुस् । तपाईंका साथीभाइ र परिवारलाई आफ्नो पहिलो आलोचक मान्नुस् ।

तपाईंको गायकीबारे उनीहरूलाई विचार प्रकट गर्न लगाउनुस् । उनीहरूको सुझाव र आलोचनालाई सकारात्मक रूपमा लिनुस् । हरेक दिन नयाँ कुरा सिक्नुस् र शान्त रहनुस् । सिकाइ र तपाईंले हासिल गर्ने सफलताको कुनै सीमा हुँदैन । 

See More On

सुझावित समाचार