सिंगिङ बाउलका फाइदा

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

तिब्बती सिंगिङ बाउल एक प्रकारको सुमधुर ध्वनि दिने डिभाइस हो, जसमा कम्पन उत्पन्न हुन्छ । यो बजाउँदा शान्त, समृद्ध र गहिरो स्वर उत्पन्न हुन्छ । त्यसैले यसलाई सिंगिङ बाउल वा हिमालयन बाउल भनेर चिनिन्छ । यसलाई विभिन्न समस्या समाधान गर्नका लागि थेरापीका रूपमा प्रयोग गरिन्छ । हजारौँ वर्ष पहिले चीनमा उत्पत्ति भएका यी बाउल पछिल्ला केही दशकमा अन्य देशमा पनि लोकप्रिय भएका छन् ।

सिंगिङ बाउल थेरापीका फाइदा

तनावबाट राहत : तिब्बती सिंगिङ बाउलको प्रयोगले आराम दिन सहयोग मिल्छ । यसले चिन्ताको भावना कम गर्न सहयोग मिल्छ ।

निद्रामा सुधार : सिंगिङ बाउल थेरापीले आनन्दसँग निदाउन मद्दत मिल्छ ।

रक्तचाप घटाउने : सन् २०१४ को एक अध्ययनअनुसार १२ मिनेट सिंगिङ बाउल ध्वनिको आनन्द लिनेबारे अध्ययन गरिएको थियो । यस अध्ययनले मौनताको तुलनामा सिस्टोलिक रक्तचाप र मुटु धड्कने दरमा कमी फेला परेको थियो ।

डिप्रेसन घटाउने : एक अध्ययनले मुडमा सुधार गर्न सिंगिङ बाउल थेरापीलाई जोड दिएको छ ।

प्रतिरक्षा प्रणालीमा सहायता : कसै–कसैले तिब्बती सिंगिङ बाउलले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्न र मस्तिष्क तरंगहरूमा लाभकारी परिवर्तन ल्याउन सक्ने दाबी गरेको पाइन्छ ।

दुखाइमा राहत : सिंगिङ बाउल थेरापी उपचार पद्धति अपनाउँदा दुखाइ र तनाव कम गर्न मद्दत मिल्छ ।

शरीरलाई सन्तुलन र तालमेल : सिंगिङ बाउल कम्पनले कोषिकाहरूलाई समन्वय गरेर र शरीरको ऊर्जा प्रणाली सन्तुलन गरेर शरीरमा लाभकारी परिवर्तन ल्याउन सक्छ । ध्यान र गहिरो सास फेर्नका लागिसमेत सिंगिङ बाउल प्रयोग गरिएको पाइन्छ ।

सुझावित समाचार