१९औँ एसियाड : भारतविरुद्ध नेपालको सय रन पूरा

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

नेपालले १४.१ ओभरमा पाँच विकेट गुमाएर एक सय २२ रन बनाएको छ

नेपालले भारतविरुद्ध सय रन पूरा गरेको छ। १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार नेपालले क्वार्टरफाइनलको खेलमा १३.१ ओभरमा सय रन बटुलेको हो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शिव दुबेविरुद्ध लगातार तीन छक्का प्रहार गर्दैै सय रन पार गराए । नेपालले १४.१ ओभरमा पाँच विकेट गुमाएर एक सय २२ रन बनाएको छ । यसअघि नेपालले दुवै ओपनर ८.५ ओभर भित्र गुमाएको थियो । 

दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपालले ८.५ भित्र कुशल भर्तुेल र आसिफ शेखलाई गुमाएको हो । भुर्तेलले ३२ बलमा एक छक्का र चार चौका प्रहार गरी २८ रन बनाए । आसिफले ६ बलमा समान एक चौका र छक्का प्रहार गरी १० रन जोडे ।

कुशल मल्ल १५ बलमा दुई चौका र एक छक्काको सहयोगमा १९ रनमा खेलिरहेका छन् । नेपाललाई ६४ बलमा एक सय ३३ रन आवश्यक छ । आसिफ ३.४ ओभरमा र भुर्तेल ८.५ ओभरमा आउट भएका थिए । 

नेपालका कप्तान रोहितकुमार पौडेल पाँच बलमा तीन रन तथा कुशल मल्लले २२ बलमा २९ रन बनाए । उनले समान दुई चौका र छक्का प्रहार गरेका थिए । दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्का हान्दै ३२ रन बनाए । सन्दीप जोराले ६ बलमा १२ रन बनाई खेलिरहेका छन् । 

सुझावित समाचार