नेपालविरुद्ध जयसवालको शतक, लगत्तै आउट

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

शतकलगत्तै जयसवाल आउट

१९औँ एसियाडअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा भारतका ओपनर यशस्वी जयसवालले नेपालविरुद्ध मंगलबार शतकीय इनिङ्स खेलेका छन् । उनले ४८ बलमा सय रन पूरा गरेका हुन् । उनले सोमपाल कामीको ओभरमा एक रन लिँदै आफ्नो शतक प्रहार गरे । यसक्रममा उनले आठ चौका र सात छक्का प्रहार गरे । 

शतकलगत्तै जयसवाल आउट भएका छन् । दीपेन्द्रसिंह ऐरीले विकेट लिए ।

इन्डियन प्रिमियर लिग (आइपिएल)को राजथान रोयल्सका ब्याट्सम्यानसमेत रहेका उनले भारतका लागि पाँच अन्तर्राष्ट्रिय टी–२० खेलमा पहिलो शतक नै नेपालविरुद्ध गरे । नेपालविरुद्धको शतकीय इनिङ्स खेल्नुअघि यशस्वीको सर्वाधिक रन नै ८४ रहेको थियो । भारतले १६ ओभरमा तीन विकेटको नोक्सानीमा एक सय ४९ रन बनाएको छ । 

सुझावित समाचार